इनरुवा। विश्व क्यान्सर दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह २ स्थित रहेको स्वास्थ चौकिमा सचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न भएको हो। ग्रामीण महिलाहरुको क्यान्सर सम्बन्धि परिक्षण तथा सचेतना कार्यक्रम स्वास्थ चौकीको प्राङ्गणमा सम्पन्न भएको हो।
विश्व क्यान्सर दिवसको अवसरमा भोक्राहा स्वास्थ चौकिमा ग्रामीण महिलाहरुको पाठेघर मुखको भि आइ ए जाच तथा आङ्ग खसेका महिलाहरुको रिङ्ग पेसरी सहित जम्मा ५७ जनालाई सेवा दिएको स्वास्थ्य चौकी प्रमुख रमेश साहले जानकारी दिनु भएको हो।
स्वास्थ्य चौकी प्रमुख साहले विश्व क्यान्सर दिवसका दिन प्रतिदिन महिलाहरुमा हुने पाठेघर सम्बन्धि तथा स्तन क्यान्सरको बारेमा सचेतना समेत दिनुभएको थियो। उक्त कार्यक्रमा स्वास्थ चौकिका अनमी गिता मेहता, कल्पना मेहता, रुक्साना खातुन, मिरा मेहता साथै स्वंमसेविका ममता मेहता, रम्भा मेहता, वविता मोची, सङ्गिता उराँव, सम्म्सा खातुन, नज्मुन खातुन, इश्वरवती सदा सहितले सचेतना तथा परिक्षण कार्यक्रमा सेवा दिनु भएको थियो।