north-korea

२० फागुण।सियोल, संयुक्त राष्ट्रले नाकाबन्दी गरेको लगत्तै त्यसको कडा प्रतिकार गर्दै उत्तर कोरियाले ६ वटा सानो दूरीका मिसाईलको परीक्षण गरेको छ ।
उत्तर कोरियाको यो प्रतिकार राष्ट्र संघले नाकाबन्दी घोषणा गरेको केही समयपछि सार्वजनिक भएको ।

योन्हाप समाचार एजेन्सीले जनाए अनुसार, आज बिहान वोन्सानबाट इस्ट कोस्टको समुद्रमा ६ वटा साना दूरीका मिसाईल परीक्षण गरेको हो । यद्यपी यी परीक्षण गरिएका प्रक्षेप्यास्त्रहरु मिसाईलहरु रकेट हुन या मिसाइल नै हुन भन्ने कुरा भने खुल्न सकेको छैन । विविसीले उत्तर कोरियाले नाकाबन्दीको प्रतिवादमा प्रक्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परक्षिदको बैठकमा एकमतले उत्तर कोरियामाथि नाकाबन्दीको प्रस्ताव पारित भएको थियो । यो नाकाबन्दी यसअघि उत्तरमाथि लागेका नाकाबन्दीभन्दा कडा रहेको छ। उत्तर कोरियाले यसअघि हाइड्रोजन बम र त्यसपछि स्याटेलाइट परीक्षण गरेपछि सुरक्षा परिषदको बैठकमा नाकाबन्दीको प्रस्ताव अमेरिकाले ल्याएको थियो । चीनसँग छलफलमा ५ हप्ता लागेपछि बल्ला नाकाबन्दीको प्रस्ताव पारित भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia