taliban1१९ फागुण ,काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा तालिवान लडाकूको विरुद्ध गरिएको सुरक्षा कारबाहीमा १६ तालिवान लडाकूको मृत्यु भएको समाचार छ । गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहभागीतामा भएको यस कारबाहीको क्रममा १७ आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य ११ जना घाइते भएका पनि सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । विज्ञप्तिका अनुसार सुरक्षा कारबाहीका क्रममा पाँच जना सैनिक पनि गम्भीररुपमा घाइते भएका छन् । उनीहरुलाई सैनिक अस्पतालमा उपचार सुरु गरिएको बताइएको छ ।

कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले भारी मात्रामा हातहतियारसमेत बरामद गरेको बताइएको छ । तर ती हतियारका बारेमा भने केही जानकारी दिइएको छैन ।
तर यसबारे तालिवान विद्रोहीबाट कुनै प्रतिक्रिया आइसकेको छैन । प्राप्त पछिल्लो समाचारमा तालिवानहरुले हाल त्यहाँ आक्रामक रुपमा आक्रमण गर्ने गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia