janta bahumukhi campus itahari

१९ फागुण इटहरी / बिगत लामाे समयदेखि इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा सहायक प्रधानाध्यापककाे रूपमा अध्यापन गराउदै अाएका इटहरी क्षेत्रकै माननिय ब्याक्तित्वकाे पहिचानमा रहनुभएका बेणु सिटाैला अख्तियारकाे फन्दामा परेका छन । सिटाैलाले उक्त कलेजमा बुझाएकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली भएकाे अनुमान सहित अख्तियारले छानविन सुरू गरेपछि उनी फन्दामा परेका हुन ।

सिटाैलाले बुझाएकाे शैक्षिक याेग्यता प्रमाणपत्रकाे इटहरी स्थित अख्तियारकाे पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयले अाैपचारीक रूपमा छानबिन सुरू गरेकाे छ ।  जनता क्याम्पसमा सहायक प्रधानाध्यापक रहेका सिटाैलाले लामाे समयदेखी  शिक्षा संकाय अन्तरगत स्नातकोत्तर तहका विद्यार्थीहरुलाइ पढाउदै आएका छन ।

अख्तियारले गरेको छानविन र अनुसन्धानबाट उनका शैक्षिक प्रमाणपत्रहरु नक्कली ठहरिएमा उनी फन्दामा पर्ने निश्चित देखिन्छ । यस क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनता क्याम्पसलाइ गत आइतबार पत्र लेखी सहायक प्राध्यापक बेणु सिटौलाको शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको आशंका रहेकोले सम्पूर्ण प्रमाणपत्रहरुका प्रमाणित प्रतिलिपिहरु तीन दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

सहायक प्राध्यापक बेणु सिटौलाको सन्दर्भलाइ लिएर अख्तियारको पत्र आएपछि जनता क्याम्पसमा यतिबेला खैलाबैला मच्चिएको छ । अख्तियारको माग बमोजिम उपलब्ध गराउन बेणु सिटौलाको प्रमाणपत्रहरु क्याम्पसमा नभेटिएपछि अहिले जनता क्याम्पसमा थप तनाव बढेको छ । प्रमाणपत्रहरु उपलब्ध गराउन अख्तियारले दिएको तिन दिनको समयसिमा सकिन लाग्दासमेत बेणु सिटौलाको प्रमाणपत्रहरु क्याम्पसमा नभेटिए पछि मंगलबार जनता क्याम्पसले अख्तियारलाइ पत्रमार्फत एक महिनाको समय उपलब्ध गराउन माग गरेको छ ।

जनता क्याम्पसका सहायक क्याम्पस प्रमुख भोजराज श्रेष्ठले अख्तियारले बेणु सिटौलाको प्रमाणपत्रहरु तीन दिन भित्र उपलब्ध गराउन भनेको तर क्याम्पसमा प्रमाणपत्रहरु नभएपछि एक महिनाको समय माग गरी पत्र पठाएको पुष्टी गरेका छन् । निज सहायक प्राध्यापक सिटौलाले विद्यावारिधी गर्नका लागि भारतको एक क्याम्पसमा प्रमाणपत्रहरु बुझाएकोले अहिले अख्तियारलाइ बुझाउन नसक्ने बताइएको छ ।

यसरी जनता क्याम्पसले आफ्ना सहायक प्राध्यापक सिटौलाको शैक्षिक योग्यताका कुनै पनि प्रमाणित प्रतिलिपिहरु पनि नराख्नु अर्को रहस्यको विषय बनेको छ । सहायक प्राध्यापक बेणु सिटौलाको प्रमाणपत्रहरको अनुसन्धान, छानविन र कार्वाही तर्फमात्र नभइ क्याम्पस प्रशासनले के कति कारणले सिटौलाको कुनै प्रमाणित प्रमाण नै नराखी निजलाइ जागिरमा सम्लग्न गराइ राखेको हो यस तर्फपनि अख्तियार गम्भीर बन्नु जरुरी देखिन्छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia