sex-china

१९ फागुण। चीनमा विगत २० वर्षमा सेक्सप्रति आम मानिसको धारणामा नाटकीय परिवर्तन देखिएको छ । कुनै बेला माओत्सेतुङले सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेर पुरानो सामन्ती र बुर्जवा संस्कृतिविरुद्ध प्रहार गरेपनि पछिल्लो पुस्ता भने सेक्सप्रति अचम्मलाग्दो तरिकाले परिवर्तन भइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अहिले पनि कतिपय कार्यक्रममार्फत समाजवादी संस्कृतिका पक्षमा लबिङ गरेपनि नयाँ पुस्ता भने यौनको मामिलामा पश्चिमा देशहरुजस्तै उदार बनेको छ ।

बिबिसी समाचार एजेन्सीले प्रकाशित गरेको रिपोर्ट अनुसार, पछिल्लो २० वर्षमा मानिसहरुको धारणा यौनप्रति निकै परिवर्तन भएको छ । देशकी पहिलो महिला सेक्सोलोजिस्टले बिबिसीलाई भनिन, “मैले सन् १९८९ एउटा सर्भेक्षण गर्दा १५.५० प्रतिशत मानिसले मात्रै बिहे अघि यौनसम्पर्क गर्ने गर्दथे तर दुई वर्ष अघि भने यो संख्या ७१ प्रतिशत पुगेको छ ।”

ली यिन–ही यसलाई क्रान्ति शव्द प्रयोग गर्न रुचाउँछिन, उनी भन्छिन, “१९९७ भन्दा अगाडी बिवाह भन्दा अगाडीको सम्बन्धलाई गुन्डागर्दी मानिन्थ्यो । त्यसको लागि कानुनको सजाय पनि भोग्न पर्न सक्थ्यो ।” अहिले भने बिहे अगाडि सम्बन्ध मात्रै नभएर प्रोनोग्राफी, वेश्यावृति र स्विंगर्स पार्टी पनि धेरै नै बढेका छन् । ब्रुकिंग्स इंस्टीच्युटमा भाषण दिँदै ली ने भनिन्, ‘१९९६मा एक नुहाउने घरको मालिकलाई वेश्यावृत्ति गराएको आरोपमा मृत्युदण्ड दिइएको थियो । आजको दिनमा त्यस्तो अपराधको सजाय अधिकतम त्यो व्यवसाय बन्द गर्ने हुनसक्छ ।’

sex-china2 sex-china3

यसैगरी १९८० को दशकमा पोर्न सामग्री छाप्नेलाई मृत्युदण्डको सजाय दिनसक्ने प्रावधान थियो तर अहिले भने यसमा पनि छुट दिइएको छ । स्विंगर्स पार्टी अहिले पनि गैरकानुनी मानिन्छ तर आजभोली यो धेरै ठाउँमा आयोजित गरिन्छ । उनी भन्छिन, “यसमा कसैले आपत्ती पनि व्यक्त गरेको देखिन्न । न त कसैको ध्यान नै गएको छ ।”

१९८० को दशकमा ली ले अमेरीकाको पिट्सबर्गमा समाज विज्ञान पढिन् । चीन फर्किँदा भने उनले माओकै समयको पुरानो वातावरण देखिन ।
त्यतिखेर कम्युनिष्ट शासनको शुरुवातका दिनमा प्रेमका विषयमा लेख्नु बुर्जवा वर्गको काम मानिने गरिन्थ्यो यौनका बारेमा केही लेख्न त १९८० सम्म प्रतिबन्ध नै थियो ।

ली ले चिनियाँ समाजका यिनै प्रसंगमाथि ‘द सबकल्चर अफ होमोसेक्सुअलिटी’ १९९८ मा प्रकाशन गरिन । तर यो किताब वरिष्ठ अधिकारीको सिफारिस भएकाले मात्र किन्न सक्थे । त्यसपछि उनले अर्को पुस्तक ‘द सबकल्चर अफ सेडोमेसोचिस्म’ प्रकाशन गरिन । यसमा त झनै कडा प्रतिबन्ध थियो
‘मलाई किताबको सबै प्रति जलाउन भनियो, तर त्यतिञ्जेलसम्म ६० हजार प्रति बिक्रि भईसकेको थियो । यसैले किताब जलाउने नोटिस प्रभावी भएन ।’ उनले भनिन् ।

बाइसेक्सुआलिटिसम्बन्धी लेखिएको उनको पुस्तक प्रकाशन गर्न चीनको कुनै पनि प्रकाशक तयार नभएपछि ली ले हङकङमा प्रकाशक खोज्नु परेको समेत बताइएन ।

यौनका सवालमा यति कट्टर चिनियाँ समाज अहिले पनि निकै परिवर्तन भएको छ । कम्युनिष्ट पार्टीले समेत सेक्सुअलिटीलाई अब निजी कुरा मान्न थालेको छ ।
ली का अनुसार सेक्सप्रति कम्युनिष्ट पार्टीको व्यवहारमा परिवर्तनका आउनुको कारण भने ‘एक मात्र सन्तानको नीति’ रहेको छ । यो नीति चीनमा सन् १९७९ देखि २०१५ सम्म जारी रह्यो । “यो नीतिबाट मानिसलाई एक या अधिकतम दुई सन्तान जन्माउने छूट पाइयो ।” उनले भनिन् । लीका अनुसार, यसबाट सन्तान जन्माएपछि सेक्सको तपाईको उद्देश्य परिवर्तन हुन्छ वा तपाई सेक्सबाट टाढा बस्नुहुन्छ । तर अहलिे भने आनन्दका लागि सेक्सलाई उचित मानिन थालिएको छ
चाइना डेली मेलमा २०११ मा शंघाइ प्राइम मार्चमा छापिएको खबरले सवै कुरा परिवर्तन भयो । आधिकारीक मीडियामा पनि अब समलैंगिक समुदायको बारेमा लेखिन थाल्यो।

चीनको अनलाईन भिडियो प्लेटफर्म आइचीई मा किशोरकिशोरीलाइ समलैंगिक सम्बन्धमा बनेको नाटक ‘ एडिक्सन’ धेरै नै लोकप्रिय बन्यो । पछि यसलाई कुनै कारणबिना नै त्यहाँबाट हटाइयो । तर त्यो भन्दा अगाडी माइक्रोब्लोगिंग साइट बीवोमा यससंग सम्बन्धित लाखौं कुरा पोष्ट भइसकेको थियो ।
लीले चीन संसदको अगाडी एउटा प्रस्ताव राखेकी छन् , उनले समलैंगिक विवाहलाइ कानुनी मान्यता दिनुपर्ने प्रस्ताव राखेकी छिन् ।
उनी भन्छिन, ‘समलैंगितलाई मान्यता दिनुनै उचित हुन्छ ।’
बिबिसीबाट

sex-china1

sex-china4

तपाईको प्रतिक्रिया

trusted online casino malaysia