lok sewa line2

गोपिकृष्ण चापागाई/फागुन १८, काठमाडौं । लोकसेवा आयोगले अनलाइन फर्म सिस्टम सुरु गरेको छ । आयोगबाट खुलाइएका पदमा फर्मभर्न घण्टौं लाइन बस्ने झन्झट त मुक्त भयो तर फर्म भरी सकेपछि तिर्नुपर्ने दस्तुरका लागी भने घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।

यसैबिच लोक सेवा आयोगले अहिले पनि बिभिन्न पदमा दरखास्त आह्रवान गरेका छ । तर आज अन्तिम दिन हो । अन्तिम दिन भएकाले लोकसेवा आयोगको केन्द्रिय कार्यालय अनामनगरमा बिद्यार्थीहरु घण्टौं लाइन बसेर दस्तुर तिरिरहेका थिए । साथै कार्यालय बाहिर टेबलमा बसी अनलाईनबाट फर्म भर्नेको घुँइचो पनि कम थिएन । भित्तामा रु. १०० मा अनलाईनबाट लोकसेवाको फर्म भरिन्छ भनेर लेखिएका थिए । तर कतै रु. २०० सम्म पनि लिइएको थियो ।

lok sewa line1 lok sewa line

अनलाईन सिस्टम बनाएर धेरैलाई फर्म भर्न लाइनबस्नु पर्ने झन्झट् हटेको बिद्यार्थीहरुको भनाई थियो । तर फर्म अनलाईनबाट भएपनि दस्तुर तिर्न कार्यालय सम्म आएर घण्टौं लाइन बस्नुपर्दा निर्क गाह्रो हुने बिद्यार्थीहरुले बताए । रेन्जर पदका लागी दस्तुर तिर्न आएका एक बिद्यार्थी सञ्जय चौधरीले बिहान ११ बजे आएर लाइन लाग्दा दुई घण्टासम्म लाइन लाग्नुपरेको बताए । “अनलाईन सिस्टम त धेरै राम्रो हो तर दस्तुर तिर्न यहिँ सम्म आउनुपर्दा सबैलाई धेरै गाह्रो हुन्छ । दस्तुर पनि बैंकिंग सिस्टम भइदिए धेरै राम्रो हुनेथियो”, चौधरीले भने ।

साथै कम्प्युटर अपरेटर पदका लागी दस्तुर तिर्न आएका काठमाडौंका राजन शर्माले पनि दस्तुर तिर्ने सुबिधा कुनै बैंक मार्फत राखिदिए धेरै सुविधा हुने बताए । उनी पनि दुई घण्टा भन्दा लाइन बसेर दस्तुर भरेका थिए । साझासवालबाट

lok sewa line3

तपाईको प्रतिक्रिया

trusted online casino malaysia