prostitute3

जकार्ता, विश्वसको सर्वाधिक मुस्लिम आबादी भएको देश इण्डोनेशियामा वेश्यावृत्ति समाप्त गर्ने उद्देश्यले सोमबार देशका राजधानी जकर्ताका सैयौं वेश्लायहरुलाई बुल्डोजर लगाएर ध्वस्त गरिएको छ ।

जाकर्ताको कालिडोजो क्षेत्र हजारौं यौनकर्मीहरुको निवासका रुपमा चिनिन्छ । सोमबारका दिन यौनकर्मीहरुको केन्द्रका रुपमा रहेका घरहरुलाई बुल्डोजर चलाएर वेश्यावृत्ति हटाउने अभियान सरकारले सुरु गरेको हो । सरकारले हालसम्म २० जिल्लाका वेश्यालय बन्द गरेको छ । बाँकी १०० वेश्यालयहरुलाई अबको तीनवर्षभित्र बन्द गरिने सरकारले घोषणा गरेको छ ।

इण्डोनेशियामा वेश्यावृत्ति गैरकानुनी भएपनि दर्जनौं सेक्स बारहरुमा हजारौं यौनकर्मीहरु कार्यरत छन् । युरोपियन वेश्यालयहरुलाई समेत पछि पार्ने गरी सजिएका वेश्यालयहरुमा एक रातको दशौं हजार मूल्य तिर्ने ग्राहकहरु समेत जाने गर्दछन् । कतिपय बारहरुमा गीत गाउने क्यारोकेको नाममा समेध धन्दा हुने गर्दछ ।

सरकारले घर भत्काएका यौनकर्मीहरुलाई अन्य काममा लगाउने योजना बनाएको छ । सरकारले वेश्यालय रहेको क्षेत्रलाई हरित केन्द्र बनाउने बताएको छ ।

prostitutes2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia