attack somaliya

१७ फागुन । सोमालियाको एक रेष्टुरेन्टमा भएको दुईवटा बम आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।

सोमालियाको बाइदोआमामा रहेको एक प्रख्यात रेष्टुरेन्टमा भएको यस विस्फोटमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६१ जना घाइते भएका क्षेत्रीय गभर्नर अब्दुराहिद अब्दुलाहिले बताए ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अब्दुलाहिले थप जानकारी दिनु भएको छ । क्षेत्रीय राजधानीमा अवस्थित यस प्रख्यात रेस्टुरेन्टमा आइतबार अपराह्नमा एक कारबम अर्को आत्मघाती आक्रमण गरिएको अर्को एक प्रहरी अधिकारी अब्दी हरेदले जानकारी दिएका छन् ।

भीडभाड रहिरहने यस इलाकामा सावधानीपूर्वक सो विस्फोटन गराइएको गभर्नर अब्दुलाहिले बताउनु भएको छ । अल कायदासँग आवद्ध सेबाब जिहादीहरु यस आक्रमणको जिम्मेवारी लिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia