सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ।बलान-बिहुल गाउँपालिका- ४ वेल्हीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको हो।

गएराति १० बजेतिर मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले फालेको कपडाको पोकोमा चालु अवस्थाको पेस्तोल भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार व्यक्तिले कपडाको पोको फालेर फरार भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia