- सुरेन्द्र मेहता

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ गोतमपुरका विद्यार्थि अमन मेहताले पढाई सङ्गै कमाउने गरेका छन। ड्रगनफ्रुट सङ्गै सयपत्री फुल खेती लगाएर आफ्नो भबिस्य कृषिमै खोजीरहनु भएको छ ।

मेहता कृषि विज्ञानका विध्यार्थी भएकाले एउटै खेतमा एक साथ दुई वाली लगाएर नमुना उदाहरण प्रस्तुत गर्नु भएको छ । मेहताले कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर-चितवनमा अध्यन गर्दा पाएको शिक्षालाई व्यवाहरिक जिवनमा उतार्नु भएको छ। मेहताले कोशी प्रदेश सरकारको अनुदानमा ड्रगनफ्रुट र आफ्नो लगानीमा सयपत्री फुल ७ कठ्ठामा लगाउनु भएको छ।

उहाले दुबै बालीबाट पहिलो बर्षमै एक लाख रुपैया आम्दानी गर्नु भएको छ । भने निरन्तररुपमा बार्षिक पाँच लाख आम्दानी गर्ने लक्ष्य लिएको बताउनु भयो। सुनसरी सदरमुकाम इनरुवाको दक्षिणि भेगमा पहिलोपटक ड्रगनफ्रुट र सयपत्री फुलको व्यवासायिक खेती गरेको हरिनगर गाउँपालिका कृषि शाखाका भुवनेश्वर यादवले जानकारी दिनु भयो। मेहताले उत्पादन गरेको ड्रगनफ्रुट र सयपत्री फुल स्थानीय बजार, इनरुवा लगायत विराटनगरमा विक्री वितरण गर्दे आएको हो। मेहतालाई गाउँपालिकाको कृषि शाखाले प्रविधिक सल्लाह तथा परामर्श दिदै आएको प्राविधिक यादवले बताउनु हुन्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia