AFGHANISTAN-UNREST

१४ फागुन, काबुल । अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारीविरुद्ध अफगान सुरक्षा अधिकारीद्वारा गरिएको कारबाहीमा ५३ जना आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टाभित्र गरिएको यस कारबाहीको क्रममा तीन अफगान सैनिकले समेत ज्यान गुमाएका गृह मन्त्रालयद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीका क्रममा ४६ जना इस्लामिक स्टेट्सका लडाकूसहित करिब ५० जनाको मृत्यु भएको बताइएको छ ।अफगान प्रहरी र सेनाको संयुक्त सहभागितामा भएको यस कारबाहीमा २६ घाइते भएका पनि मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।अफगानिस्तानको ३४ वटा प्रान्तमा ६ वटामा गरिएको यस कारबाहीमा भारी मात्रामा हातहतियारसमेत बरामद गरिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia