obama_iraq_press

फागुन १३, काठमाडौं— अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका बिभिन्न ६६ उत्पादनलाई भन्सार छुट दिने स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) कानुनमा बिहीबार हस्ताक्षर गरेका छन् । ओवामाको हस्ताक्षरसंगै नेपालले गार्मेन्टका सामग्रीहरु गलैँचा, टोपी, च्यादर, गलबन्दी तथा यात्रा सामग्री सहित ६६ प्रकारका सामान भन्सार छुट पाउने भएको छ ।

अब नेपालले ति ६६ प्रकारको भन्सार छुट १० वर्षसम्म पाउनेछ । गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि आर्थिक पुनरुत्थानमा सघाउने गरी यस्तो व्यवस्था गरिएको काठमाडौं स्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउने यो निकै ठूलो अवसर हो’, अमेरिकी राजदूत अलाइना बी टेप्लेजले भनेकी छन्, ‘विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता नेपालको योजना र अमेरिकी सरकारले यस लक्ष्यतर्फ कसरी योगदान गर्न सक्छ भन्ने विषयमा हामीलाई थप जान्ने उत्सुकता छ।’

अमेरिकी बजारमा यस्ता सामग्रीको आयात वृद्धि हुँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने छैन भन्ने सुनिश्चित गर्नका लागि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालले सुविधा पाउने कार्यक्रमको समीक्षा गर्नेछ । यो समीक्षा पूरा हुन केही महिना लाग्ने अमेरिकी दूतावासले उल्लेख गरेको छ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia