- सुरेन्द्र मेहता

इनरुवा। माहामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि गोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्यिक मोहत्सव तथा कवि गोष्ठी कार्यक्रममा दर्जन बढी कविहरुद्वारा रचित कविता पाठ गरेका छन्। कार्यक्रममा कवि लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, विमला पोखरेल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, कविराज घिमिरे, विष्णु दाहाल, बालसुधार परियार, जमुना गौतम पोखरेल, विनिता दाहाल सहित अन्य सर्जकहरु सहितकाले रचना बाचन गर्नुभएको थियो।

पार्टीका नेता कार्यकर्ता सहितको उपस्थितिमा भएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । नेपाली कांग्रेसका सुनसरी सभापती केदार भण्डारीको अध्यक्षता तथा पूर्व सञ्चार तथा सूचना मन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आथित्यतामा कवि गोष्ठी सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालक तथा नेपाली कांग्रेस सुनसरी सचिव वीरेन्द्रकुमार शाहका अनुसार कार्यक्रममा कोशी प्रदेश सभा सदस्यहरु हाजी इस्राइल मन्सुरी र सदानन्द मण्डल, पूर्वराज्य मन्त्री सिताराम मेहता, इनरुवाका पूर्व नगरप्रमुख तथा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहता, पार्टीका नेता रमेश यादव, सञ्चारकर्मी सुरेन्द्र मेहता, टोमराज मेहता, नसिम अंसारी सहितको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia