electricity

काठमाडौं १३ फागुन  । निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्टि्रसियन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक बर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्टि्रसियनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको  छ ।

अघिल्लो वर्ष पनि दुबैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्रतिशत थियो । पछिल्ला ५ वर्षमा निर्माण क्षेत्रको ज्यालादर औसत ७०.८६ प्रतिशतले वृद्धि भएको छ ।

विभागले हरेक वर्ष निर्माण क्षेत्रमा कार्यरत बिभिन्न ८ क्षेत्रको ज्याला/तलबलाई आधार मानी तथ्यांक निकाल्ने गर्दछ । निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई इन्जिनियर, सबइन्जिनियर, सुपरभाइजर, मेसन, कार्पेन्टर, लेबर, इलेक्टि्रसियन र पेन्टरमा बिभाजन गरेको छ । अाजकाे कारोबार दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia