बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ । स्थानीय लौटन चौधरीको घरको आँगनबाट सोमबार करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीय चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै उद्धार गरेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको छ । ‘हामीले उद्धार गर्ने अजिङ्गरलाई निकुञ्जको कोर क्षेत्रमा छाड्ने गर्दछौँ । उद्धार गरिएको अजिङ्गरलाई पनि उद्धार टोलीले सोही क्षेत्रमा छाडेको छ’, उनले भने, ‘बाँकेको अन्य क्षेत्रमा अजिङ्गर फेला परे पनि वडा नं ८ मा रहेका गाउँहरू निकुञ्जसँग जोडिएकाले यहाँ प्रायः अजिङ्गर भेटिन्छन् ।’

यो आर्थिक वर्षको साउनदेखि भदौसम्ममा सोही वडाका खल्लागाउँ, ओभरी, शम्शेरगन्ज र बालापुर गरी चारवटा गाउँबाट अजिङ्गरको उद्धार गरिएको अधिकृत शाहले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ विभिन्न स्थानबाट १२ अजिङ्गरको उद्धार गरिएको थियो । बाँके राष्ट्रिय निकुञ्जमा सर्प उद्धारका लागि तालिम प्राप्त व्यक्ति नभए पनि विगत आठ-नौ वर्षदेखि काम गरेको अनुभवकै आधारमा गेम स्काउट गोपालजङ्ग चन्दले नै सर्पको उद्धार गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia