इटहरी २६ असोज – पूर्वको केन्द्र इटहरीबाट इतिहास रच्दै राप्रपा नेपाल क्षेत्र नं २ का समानुपातीक तर्फका बिजयी सभाषद रामकुमार शुब्बा इटहरीबाट पहिलो मन्त्री बनेका छन । नेकपा एमाले अन्र्तगत प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको सरकारमा राप्रपा नेपाल सहभागी भएपछि इटहरीबाट इतिहास रच्दै सभाषद शुब्बा पहिलो मन्त्री बनेका हुन ।

लामो समयदेखी इटहरीमा बसोबास गरी सामाजीक क्षेत्रमा बिभिन्न योग्दान पुर्याउदै आउनुभएका शुब्बा मन्त्री बने लगत्तै इटहरी उपमहानगरवासीहरु हर्षित बनीनुका साथै कतिपय स्थानहरुमा दिप प्रज्वल समेत गरीएको छ । शुब्बालाई मन्त्रीमण्डलको सदस्य बनाई प्रधानमन्त्री ओलीले सोमबार सपथ समेत खुवाइसकेका छन भने आज मंगलबारबाट बिना बिभागिय अन्र्तगत संघिय मामिला तथा स्थानीय बिकाश मन्त्रालयको जिम्मेवार सम्हाल्ने चर्चा चलेको छ ।

subba-430x336

राजा ज्ञानेन्द्रको पालामा सगरमाथा अञ्चल प्रसाशक भएको बेला सुनसरीको तत्कालीन प्रमुख जिल्ला अधिकारी सारदा भक्त पौडेललाई भ्रष्ट्रचार गरेको अभियोगमा कार्यालय परिषदमै पुगी थप्पड लगाएर एकाएक चर्चामा आएका शुब्बा पछिल्लो समय राजनीति संगै सामाजीक क्षेत्रमा कृयासिल समाजसेवीको भुमिका निर्वाह गर्दै आउनुभएको थियो ।
त्यसै गरी इटहरीमा तिन पटक सम्म प्रधानपञ्च बनेका शुब्बाले गाबिशको रुपमा रहेको आफनो क्षेत्रलाई नगरपालीका बनाउनमा समेत ठुलो योग्दान दिएका छन भने नगरपालीका कार्यालय भवन रहेको मुख्य क्षेत्रहरु श्ुब्बाकै पालामा निर्माण भएका थिए ।

इटहरीका शुब्बा मन्त्री बने लगत्तै नगरवासीहरुले इटहरीको बिकाश र आर्थिक क्रान्तीमा मदत पुग्ने अपेक्षा गरेका छन । मन्त्री भएका शुब्बाले आज मंगलबारबाटै बिना बिभागिय अन्तरगत संघिय मामिला तथा स्थानीय बिकाश मन्त्रालयको जिम्मेवार सम्हाल्न पुग्ने गुनगान छ ।साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia