eps११ फागुन काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको दरखास्त फारम भर्न यो वर्षदेखि मेसिनले पढ्ने राहदानी (एमआरपी) अनिवार्य बनाइएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा दरखास्त फारम भर्न पाउने गरे पनि यो वर्षको सातौँ भाषा परीक्षामा दरखास्त दिन एमआरपी अनिवार्य गरिएको जानकारी दिनुभयो ।

भाषा परीक्षाको दरखास्त फारम भर्दा उल्लेख गरेको नाम, थरको शब्द फरक पर्ने गरेको, दरखास्त फारम भर्दा उल्लेख गरेको जन्ममिति र भाषा परीक्षा उत्तीर्ण भएपछि रोजगार आवेदन फारम भर्दा पेस गरेको राहदानीमा उल्लेख भएको नाम, थर, जन्ममिति लगायतको व्यक्तिगत विवरण फरक परेको कारणले सयौँ युवा भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जानबाट वञ्चित हुनु परेको कारण पनि पहिल्यै राहदानी अनिवार्य गरिएको उहाँले जानकारी दिनुभयो ।

विगत वर्षमा परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएकाले त्यसलाई रोक्न र भाषा परीक्षालाई अझ स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनसमेत सो निर्णय गरिएको उहाँको भनाइ थियो । उहाँले भाषा परीक्षा दिन चाहने तर राहदानी नबनाएकालाई समयमै राहदानी बनाउन सुझाव दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia