२७ असोज इनरुवा
अमर काफ्ले/ सुनसरी प्रहरीले चाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना संचालनमा ल्याएको छ ।
दशैं, तिहार र छैठ पर्वलाई ध्यानमा राखी सुनसरी प्रहरीले जिल्लामा विशेष सुरक्षा योजना लागु गरको हो ।
चाडपर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिङ चौधरीले जानकारी दिए । विशेष सुरक्षा योजना अन्र्तगत प्रहरीले जुवातास, मादक पदार्थ सेवनगरी शान्ति सुव्यवस्था पुग्न सक्ने खलल, चोरी तस्करी, पड्काको कारोवार लगायत नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । विना हेटमेट र कागजपत्र वेगर सवारी चलाउन, तीनजना मोटरसाइकलमा चढनेहरु उपर कडा निगरानी राखिने समेत सुनसरी प्रहरीको सुरक्षा योजनामा समावेश छ । प्रहरीले राती ९ बजेसम्म मात्र मादक पदार्थजन्य विक्रि वितरण हुने होटल तथा रेष्टुराहरुले कारोवार गर्न पाउने व्यवस्था मिलाएको छ । प्रहरीले नक्कली भारतीय रुपैंयाको हुन सक्ने कारोवार र भिडभाडमा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न स्वयं आम सर्वसाधारण समेत सचेत हुनुपर्नेमा सचेत गराएको छ । तोकिएका नियम कानुन अटेर गर्ने उपर कानुनी कार्वाही अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia