सिरहा । सिराहामा एक महिला आफ्नै घरको शौचालयमा मृत भेटिएकी छन् । सिराहाको कर्जन्हा नगरपालिका–११ हटलेटवा बस्ने स्थानीय धनिकलाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

सुधनसँग करिब ५ वर्षअघि किशोरी उमेरमै बिहे गरेकी शान्तिको २ वर्षीया छोरी छन् । घटनाबारे राति २ बजेतिर प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राति २ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको परिवारजनले प्रहरीलाई जानकारी दिएका छन् ।

यद्यपि, राति २ बजेको यो घटनाले शङ्का उत्पन्न गराएको छ । शौचालय जाँदा राति २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शंका उत्पन्न गराएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो । उनको शव पोस्टमार्टमको लागि सिराहा लैजाने तयारी गरिएको बताए ।

यता, शान्तिको माइत पक्षले छोरीलाई हत्या गरी झुण्डयाइएको आरोप लगाएका छन् । श्रीमान् वैदेशिक रोजगारीमा हुँदा पटक–पटक झैंझगडा हुँदै आएको बताउँदै हत्या गरी झुण्ड्याइएको आरोप माइती पक्षको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia