मकवानपुर । मकवानपुर प्रहरीले बिहीबार हेटौंडाबाट करिब ४७ लाख रुपैयाँबराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १ का ३५ वर्षीय प्रभु साह सोनार रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा– १५ रातोमाटे चेकपोष्टमा जाँचका क्रममा सोनारको साथबाट ४८९ ग्राम ३७ मिलिग्राम सुन बरामद गरिएको हो ।

सोनार ना १ ज ७४९० नम्बरको सुमोमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै थिए। प्रहरीले सोनारले बोकेको झोला खानतलासीको क्रममा भन्सार छली चोरीपैठारी गरी ल्याएको सुन फेला पारेको प्रवक्ता कार्कीले बताए। उनका अनुसार बरामद सुनको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपैयाँ रहेको छ । बरामद सुनसहित सोनारलाई आवश्यक कारवाही एवं थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia