illegals malasiya

९ फागुन क्वालालम्पुर । मलेसियामा गैरकानुनी रुपमा काम गर्दै आएको आरोपमा १ सय ६१ नेपाली कामदार पक्राउ परेका छन् ।

गैरकानुनी कामदारमाथि अघिल्लो शुक्रबारबाट मात्रै सुरु गरिएको पक्राउ अभियान अन्तरगत १ सय ६१ जना नेपाली पक्राउमा परेका हुन् ।

अबैध कामदारलाई नविकरणको दायरामा ल्याउने अभियान सञ्चालन गरेको मलेसिया सरकारले पुन नविकरणमा आउन नचाहने कामदारलाई पक्राउ गर्न थालेको हो ।

मलेसियाको सरकारी समाचार संस्था बर्नामाले मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा यती धेरै नेपाली आप्रवासी कामदार पक्राउ परेको पुष्टि गरेको छ ।

बर्नामाका अनुसार अहिलेसम्म नेपाली सहित ९ सय ७१ जना आप्रवासी कामदार पक्रापरिसकेका छन् । मलेसियन प्रहरीले राजधानी क्वालालम्पुर सहित नेपाली कामदारको बढि घनत्व रहेको एपो, सेरेम्बान, साइबरजया, मलाका लगायतका स्थानमा धरपकड गरिरहेको छ ।

प्रहरीले १२ घण्टासम्म चलाएको अपरेशनमा प्रहरीले २ हजार १ सय ८२ बिदेशी कामदारको सम्पुर्ण परिक्षण समेत गरेको थियो । त्यसमध्ये ९ सय ७१ अबैधानिक भेटिएको हो ।

करिब २० लाख आप्रवासी कामदार अबैध रहेको मलेसिया सरकारको दाबी छ । उनीहरुमाथि आवश्यक कारबाही नभएसम्म अन्य कामदार लान रोक लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia