भोक्राहा । नेपालमा बढ्दो क्रममा रहेको बेरोजगारी समस्यालाई मध्य नजर गर्दे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार शाखाले विदेशबाट फर्केर आएका स्थानियहरु लाई उन्नत जातको बाख्रा वितरण गरेको छ ।
विदेशबाट फर्केर आएका युवाहरुलाई स्वरोजगार बन्नका निम्ति पालिकाले बाख्रा वितरण गरेको हो। नेपाल कृषिप्रधान देश भएकाले पशुपालन तथा कृषिको राम्रो सम्भावना भएको हुनाले विदेशबाट फर्केर आएका बेरोजगार ४० जना युवाहरूलाई उन्नत जातको जमुनापारी बाख्रा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले वितरण गरेको रोजगार शाखाले जनाएको छ।
बाख्रा लिएका युवाहरुलाई ८ दिनको उद्यमशिल, जीवन उपयोगी र ४ दिनको बाख्रापालन सम्बन्धि तालिम दिएर बाख्रा वितरण गरेको हो।