biratnagar-bhansar

२७ असोज, विराटनगर । पूर्व नेपालको प्रमुख भन्सार नाका विराटनगरको रानी भन्सार कार्यालयको राजस्व असुली ठप्प हुँदा भन्सार असुली प्रभावित बनेको छ । प्रदेशको सीमांकन लगायतको माग राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गरेको अनिश्चितकालीन बन्दका कारण दुई महिनादेखि राजस्व असुली ठप्प हुन पुगेको छ ।

रानी भन्सार कार्यालयका अनुसार मोर्चाको बन्दका कारण दुई महिनाको अवधिमा १ अर्व ३५ करोड रुपैयाँ राजस्व गुमेको छ । भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार गएको भदौ महिनामा १ अर्ब ७५ करोड राजस्व असुली गर्ने लक्ष्य राखिएको भएपनि १ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन लक्ष्यको अनुपातमा ७२ प्रतिशत हुन आउँछ ।

तर, असोज महिनामा मात्र भन्सार कार्यालयले ४९ करोड रुपैयाँ राजस्व गुमाएको छ । यसैगरी असोज महिनाको भन्सार लक्ष्य एक अर्ब ५५ करोड रहेपनि हालसम्म ८७ करोड रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको अनुपातमा ४४ प्रतिशत मात्रै हुन आउँछ ।

असोजमा हालसम्म ६७ करोड राजस्व गुमेको भन्सार प्रमुख बस्नेतले जानकारी दिए । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि २० अर्व ६८ करोड रुपैया राजस्व असुल गर्ने लक्ष्य राखेको छ । जुन अहिलेको अवस्थाले गर्दा हालसम्म लक्ष्य हासिल गर्न ९० करोड रुपैयाँ अपुग रहेको कार्यालयले जनाएको छ ।साभार : अनलाईन खबर

तपाईको प्रतिक्रिया

trusted online casino malaysia