north_korea_rocket_testing

२४ माघ एजेन्सी । उत्तर कोरियाले आइतबार विवादास्पद लामोदुरीको रकेट, भूउपग्रह प्रक्षेपण गरेको समाचार छ । सो प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि सो देशले जानकारी दिएको छ ।

यसलाई उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको भन्दै संसारमा नै त्यसको विरोध भएको बताइएको छ ।
यस प्रक्षेपणलाई अमेरिकामा मारहान्ने खालको शक्तिशाली हतियारकै प्रक्षेपण गरेको भन्दै यसको विरोध गरिएको समाचारमा जनाइएको छ ।
आइतबार सो प्रक्षेपण गरिएको जानकारी उत्तर कोरियाको सरकारी टेलिभिजनले जानकारी दिएको छ ।
उक्त टेलिभिजनले उत्तर कोरियाली नेता किम जोङ उनको प्रत्यक्ष निर्देशनमा सो प्रक्षेपण गरिएको घोषणा गरेको थियो । साथै उक्त प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी सरकारले दिएको पनि उक्त समाचारमा जनाएको छ ।
यसअघि पनि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो । सो बमको परीक्षणको पनि विश्वव्यापी रुपमा विरोध भएको थियो ।
यस रकेट प्रक्षेपणको तयारीको समाचार यसअघि नै उत्तर कोरियाले सार्वजनिक गरेको थियो । सो समाचारको विश्वव्यापी रुपमा नै विरोध भएको थियो ।
आइतबार यस रकेट प्रक्षेपण गरेको समाचारको देशव्यापी रुपमा विरोध भएको छ । संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia