इटहरी । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिनुभयो ।उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा अब सरकारले १० लाख आर्थिक सहायता दिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १...
एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै
जनकपुरधाम। आज बडा दशैंको अन्तिम दिन मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर...
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्य...
बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु
काठमाडौँ। अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । नेपाल प्रहरीका...
आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना
काठमाडौं । कोशी देखि गण्डकी प्रदेश सम्मका जिल्लाहरुमा आगामी बुधबारबाट वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्...
झ्याप्ले खोलाको पहिरोमा ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु
काठमाडौँ । झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको छ। धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहि...