syria-map२३ माघ सिरिया। सिरियाको सरकारले शनिबार देशमा विद्यमान द्वन्द्वमा विदेशी हस्तक्षेप अस्वीकार्य हुने बताएको छ । सिरिया सरकारको यो भनाइ सिरियाली प्रतिपक्षी दल तथा विद्रोही समूहलाई सहयोग पु¥याउँदै आएका टर्की र साउदी अरबले आवश्यक परेमा त्यहाँबाट सैनिक सहयोग दिइने भनी पछिल्ला दिनहरुमा आएका भनाइप्रति लक्षित गरी आएको हो ।

सरकारको सहमतिबिना कुनै पनि विदेशी सहयोग सिरियाका लागि मान्य नहुने बताउँदै यसो भएमा यसबाट आउने नतिजाको जिम्मेवारी विद्रोहीलाई उक्साउने मुलुकले नै लिनुपर्ने सिरियाली विदेशमन्त्री बालिद मौलेमले शनिबारको पत्रकार भेटका क्रममा बताउनुभएको हो ।

हामी यो चेतावनी दिन चाहन्छौँ कि कुनै पनि विदेशी हमलाकारी सिरियामा आएमा उनीहरु ‘कफिन’ मा फिर्ता हुनेछन्, विदेशमन्त्री मौलुमले चेतावनी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia