अमर काफ्ले
२६ असोज इनरुवा/
बराहक्षेत्र ५ का दिपक श्रेष्ठले स्थानीय शान्ति समिति सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरी हुँदै प्रधानमंत्रीको कार्यालयलाई समेत झुक्याएर द्धन्द्ध पीडित व्यक्ति परिवारको सूचिमा दोहारो नाम समावेश गरी दोहोरो सुविधा लिएको खुलेको छ ।
उनले दीपक श्रेष्ठ र दिपककुमार श्रेष्ठका नाममा गरी सरकारी ४ लाख हत्याउन लागेको खुलेको हो । प्रधानमंत्री कोषबाट रकम लिने दिपक श्रेष्ठ र दीपककुमार श्रेष्ठ नाम गरेका व्यक्ति सुनसरी बराहक्षेत्र वडा नं ५ निवासी एकै व्यक्ति भएको खुल्न आएको हो ।
उनले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले तयार गरेको द्धन्द्धका क्रममा अपाङ्ग भएका व्यक्ति परिवारको लगत विवरणमा क्रम संख्या एक, संकेत नम्वर ४–१०–१ नाम दीपक श्रेष्ठ, ठेगाना बराहक्षेत्र ५, अपाङ्गता प्रतिशत ५० , विद्रोही पक्ष्यबाट घाइते भएको उल्लेख गरी र सोही लगतमा क्रम संख्या २० संकेत नम्बर ४–१०–२० दिपककुमार श्रेष्ठ उल्लेख सरकारी सुविधा फुत्काउने प्रयास गरेको देखिएको हो । त्यसैगरी उनले स्थानीय शान्ति समिति सुनसरीको विवरणमा आन्तरीक विस्थापित व्यक्तिहरुको लगतमा सि.न.२३, संकेत नम्वर ८–१०–२३ दिपककुमार श्रेष्ठ र सि.न.२६, संकेत नम्वर ८–१०–२६ मा दिपककुमार श्रेष्ठ बराहक्षेत्र ५, विस्थापित स्थान ललितपुर भनी उल्लेख गरेको पाइएको छ । रकम पाउनेहरुको सूचिमा उनको नाम सिफारिस भएपछि स्थानीयस्तरमा दिपक नाम गरेको दुवै व्यक्ति एकै भएको गाइगुई चलेको थियो । सुनसरी प्रशासन स्रोतले दिएको जानकारी अनुसार केही कर्मचारीलाई प्रलोभनमा पारी श्रेष्ठले सरकारी सुविधा लिन दोहोरो भूमिका खेलेको देखिन्छ । केही कर्मचारीलाई हातमा लिएर सरकारी सुविधाको गलत प्रयोगको नियत राखिएको स्रोतको दावी छ ।
उता सो विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसँग बुझ्दा उनले दाहोरा नाम सिफारिस गरी राज्यको सेवा सुविधा लिएको पुष्टि भए कानुनी कार्वाही अघि बढाइने बताए । प्रजिअ पन्थले प्रशासनमा रहेको विवरण हेरेर मात्रै सो विषयको वास्तविकता पत्ता लाउन सकिने बताए । उनले एकै व्यक्तिले केही परिस्थितीकावीच द्धन्द्ध पीडित र विस्थापितको सुविधा लिन पाउन सक्ने व्यवस्था भएपनि एकै व्यक्तिले दोहोरा नाम उल्लेख गरी झुक्याएर सरकारी सुविधा लिन खोजिएको भए सरासर गैर काुनुनी कार्य ठहरिने प्रतिकृता दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia