tiwan-bhukampa3

२३ माघ। ताइवानमा शनिबार बिहान गएको भूकम्पमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । दक्षिणी शहर तैनानलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पको ६.४ रेक्टर स्केल मापन गरिएको छ । ३०० किलोमिटर टाढा राजधानी ताइपेइ सम्म पनि भूकम्पको धक्का महसुस गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पका कारण भवनहरुमा क्षति पुगेको छ । भवनहरु भत्कने क्रममा १३५ जना घाइते भएको ताइवानका सरकारी अधिकारीहरुले जनाएका छन् । भत्किएका घरहरुमा च्यापिएका २०० भन्दा धेरैलाई सुरक्षित रुपमा उद्धार गरिएको जनाइएको छ ।

tiwan-bhukampa5

बीबीसीले भग्नावशेष भित्र केही मानिस अझै फसेको हुनसक्ने जनाएको छ ।अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रको गहिराई कम थियो ।

तैनान करिब २० लाख मानिसको बसोबास भएको क्षेत्र हो । सन् १९९९ मा मध्य ताइवानमा मापन गरिएको ७.६ रेक्टरको भूकम्पका कारण २ हजार ३ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । दुई टेक्टोनिक प्लेटको मिलन बिन्दुमा अवस्थित रहेका कारण ताइवानमा अक्सर भूकम्प आइरहन्छ । (बीबीसी)

 

tiwan-bhukampa2

tiwan-bhukampa1

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia