लौकही । सुनसरीको कोशी गाउपालिकास्थित लौकहीमा बितिय साक्षरता सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वालम्वब लघुवित्त वित्तीय संस्था लिमीटेड लौकही शाखाले एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथी कोशी गाउपालिकाकी उपाध्यक्ष अनीता देवि यादवले लघुबित्त संस्थाले ग्रामिण भेगका महिलाहरूको जिवनस्तर उकास्ने देखि समाज परिवर्तन र मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पुर्याउदै आएको र बजारमा सुनिएका हल्लाको पछि नलागी काम र सेवालाइ अझ चुस्त बनाउन अनुरोध गरिन ।

हरिपुर चौकको सामुदायीक भवनमा सम्पन्न कार्यक्रममा कोशी गाउपालीकाकाका प्रमीला यादव , अनीता यादव , शान्ती देवि मेहता ,मञ्जुदेवि सिंह , रामकुमारी पण्डीत लगायतले लघुवित संस्थामा लामो समयदेखि सेवाग्राहि हुदै लाभ लिदै आएको र यस्तो संस्थाकै कारण महिलाहरूको जिवन स्तर परिवर्तन हुदै आएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia