दोलखा दोलखामा शनिबार बेलुका ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा निधन भएको छ ।चरिकोटबाट काठमाण्डौ तर्फ जादै गरेको बा४ख ९७५ नं.को ट्रकले बिपरति दिशाबाट आउंदै गरेको बा९४प ३२५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ८:०० बजे ठक्कर दिएको थियो । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काभ्रे महाभारत गाउँपालिका-८ घर भई हाल भिमेश्वर नगरपालिका-६ चोथान बस्ने अन्दाजी बर्ष २० को राजु मगरको उपचारको क्रममा निधन भएको हो ।

मगरको च्छो-रोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइलकको पछाडि सवार धनुषा घर भई हाल भिमेश्वर नगरपालिका-३ सातदोबाटो बस्ने अन्दाजी बर्ष २० को अभिषेक साहको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार भएका थिए । फरार चालकलाई भिमेश्वर नगरपालिका-७ चोथाङ कालिमाटी स्थित छोरीको घरमा बसिरहेको अवस्थामा हिजो दिउँसो प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia