तानसेन । पाल्पामा एक ६१ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको तानसेन नगरपालिका बस्ने एक महिलालाई उनकै घर नजिकै खोल्सामा दुई जनाले बलात्कार गरेका हुन् । चैत १४ गते राती पौनै १० बजे ती महिलालाई तानसेन नगरपालिका-६ मा खानेपानी ट्याङ्की निर्माणको लागि खटिएका दुईजनाले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए । सामूहिक बलात्कारको आरोपमा पक्राउ पर्नेमा रुपन्देही कोटहीमाई गाउपालिका-२ घर भएका बर्ष १८ को किसमोहन लोध र रुपन्देहीको गैडहवा गाउँपालिका-६ घर भएका बर्ष ५६ को महताम लोध रहेको डिएसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia