Safari-2

इटहरी २६ असोज / नेपालको संबिधानप्रति असहमती जनाउदै भारतले गरेको नाकाबन्दीका कारण पूर्व क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव चर्किपछि शुरक्षाको जिम्मेवारी बोकेको प्रहरीहरुलाई नियमित गस्तिमा समस्या परेको छ ।
इन्धन अभावले गस्तिमा समस्या आएपछि इलाका प्रहरी कार्यालय इटहरीले पेट्रोलियम पदार्थको बिकल्प खोजी नया उपाय अपनाएको छ ।

प्रहरीले नजिकिएको दशै तिहार जस्तो ठुला पर्वहरुमा कुनै अप्रीय घटनाहरु ह्ुन नदिन इटहरी क्षेत्रमा मंगलबारदेखी सिटि सफारी गस्ति सुरु गरेको छ । सहकार्यमा नागरीक र प्रहरी, हाम्रो मिशन सुरक्षित इटहरी भन्ने नाराका साथ शुरुवात भएको अभियानले नगरवासीलाई चौविसै घण्टा सुरक्षा प्रदान गर्ने इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।

बिद्युतीय रिक्सामा गस्ति शुरु भए पछि चोरिका घटना धेरै नियन्त्रण हुने विश्वास रहेको अधिकारीले बताए । मधुरो आवाज आउने साधन भएको हुनाले घटना स्थलमा पुगि दोषि पक्राउ गर्न सहज भएको उनको भनाई छ । नागरिक समाजका अध्यक्ष बोधराज नेपालले इन्धन अभाव चुलिरहेको बेला पनि नगरवासी सुुुुरक्षित भएको महशुस गराउन प्रहरीले चालेको कदम सराहनिय रहेको बताए ।

नगरवासी सहित इटहरीका व्यवसायी र राजनितिज्ञले समेत प्रहरीले चालेको कदमको स्वागत गरेका छन् । इटहरीका सफल व्यवसायी बलराम आचार्य र सामुुुुुदायिक सेवा केन्द्रका अध्यक्ष देवु निरौलाले चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधिलाई मध्यनगर गर्दै विद्युतवाट सँचालनमा आउने सवारी सँचालनमा ल्याउँदा इटहरीवासी र ब्यवसायीलाई सुरक्षाको प्रतयाभुती मिलेको बताए ।साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia