china train

२० माघ, काठमाडौं । दक्षिणी चीनमा भारी हिमपात भएको छ र सार्वजनिक यातायात अवरुद्ध भएको छ । जसका कारण रेल स्टेशन बाहिर दशौं हजार मानिस फसेका छन् ।

चिनियाँ पुलिसका अनुसार गुआंगचोऊ नजिकैको यो स्टेशनमा सोमबार राति लगभग एक लाख मानिस थिए । चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन आफ्नो घर फर्किने समयमा भारी हिमपात भएको हो, जसका कारण रेल स्टेशनमा हजारौं मानिस फसेका छन् ।

अधिकारीहरुका अनुसार मध्य चीनमा पछिल्ला वर्षहरुमा यस्तो चिसो भएको थिएन । हिमपातका कारण उत्तरी र मध्य चीनमा धेरै ट्रेन निकै ढिलो चलेका छन् । यहि कारण स्टेशनमा धेरै मानिस जम्मा भएका छन् ।

china train1 china train2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia