भक्तपुर । काभ्रेपलाञ्चोकको साँगामा कार र बस ठक्कर खाँदा चार जना घाइते भएका छन् । बनेपाबाट साँगा तर्फ आउँदै गरेको बा.२०च ८६६४ न.को टाटाको नेक्सन कारले बिपरीत दिशाबाट आउदै गरेको बा २ ख ५२७ न.को धुलिखेल अस्पतालको बस लाई हिजो (शनिबार) साँझ ठक्कर दिदा कारमा सवार चार जना घाइते भएका हुन् ।

दुर्घटनामा बनेपा नगरपालिका-१३ मा शनिबार साँझ ४:४० बजे भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परेर कार चालक काठमाडौं महानगरपालिका-३२ बस्ने वर्ष-२६ को प्रतिक सञ्जेल गम्भिर घाइते भएका छन् । उनको मुख र आँखा माथि चोट रहेको अस्पतालले जनाएको छ । सञ्जेलको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै कारमा सवार बिकु बिसुंखे, उमेश मगर र कौशल थापा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बस, बसको चालक र कारलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia