सिन्धुली । पछिल्लो समयमा सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेका छन् । सिन्धुलीमा बालविवाह नरोकिदा कलिलो उमेरमा नै किशोरीहरू आमा बन्नेहरुको संख्यामा कमी आउन नसकेको हाे । जिल्ला अस्पताल सिन्धुलीको एक तथ्यांकमा सिन्धुलीमा किशोरी आमा बन्ने क्रम बढेकाे देखिन्छ । साेही अस्पतालमा १ वर्षमा १७ वर्ष उमेरका ९० जनाले प्रसूति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा २० वर्ष भन्दा कम उमेरका ९० जनाले प्रसूति लिएका हुन् । कम उमेरमा आमा बन्दा आमा र बच्चाको ज्यान जोखिम हुने अस्पतालका चिकित्सकहरूले बताएका छन् । २० वर्ष भन्दा पहिला शरीर पूर्ण रूपले विकास भइनसकेका कारण बच्चा सानो जन्मिने र बच्चाको मानसिक विकास नहुने लगायतका समस्या हुने सिन्धुली अस्पतालका मेडिक सुपरिटेन्डेट डा. उमेश प्रधानले बताउनुभयाे ।

महिला प्रजनन अंग र पाठेघरको पूर्ण रूपमा विकास भइ नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याई राख्ने मांसपेशी कमजोर भइ कतिपयको पाठेघर नै झर्ने पनि समस्या हुन्छ । विभिन्न निकायबाट वर्षौदेखि बालविवाह रोक्न पहल गरिए पनि बालिकाहरू आमा बन्दा पनि धेरैलाई चासो छैन । अशिक्षा, चेतनाको कमी, प्रविधि र गरीबीको कारण पनि जिल्लामा बालविवाह बढेको देखिन्छ। किशोर र किशोरी छिट्टै निर्णय लिन तत्पर हुने स्वभावका हुन्छन् । यो उमेरमा राम्रो शिक्षा र अभिभावकको रेखदेख नहुँदा उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia