Sukhoi_Su-24_inflight_Mishin-2

रसियाले सिरियामा कारवाही सञ्चालन गर्न प्रयोग गर्दै आएको सुखोइ एसयु-२४ विमान

एजेन्सी। रुसको मध्यपूर्वमा भएको उपस्थितिले त्यहाँको शक्ति सन्तुलनमा फेरबदल ल्याएको छ। यो संगै अमेरिका सहित पश्चिमी मुलुकको टाउको दुखाइ बढेको छ भने सिरिया र युक्रेन चकित परेका छन्। ‘रुससंगको सैन्य उपकरण, रणनीति, बम र मिसाइल पुराना अनि प्रभावकारी छैनन।’ दशकौं देखिको पश्चिमी सैन्य प्रमुखको यो दृष्टीकोण एकाएक परिवर्तन भएको छ। पश्चिमले सिरिया र युक्रेनमा जे देखे त्यो झड्का दिने खालको छ।

रुसले सिरियामा दैनिक जति आक्रमणका मिसन पुरा गरेको छ सो अमेरिकी नेतृत्वको गठबन्धनले महिना दिनमा गरेको थियो। रुसी नौसेनाले ९०० माइल पर क्यास्पियन सागरबाट सिरियामा ब्यालेस्टी मिसाइल प्रहार गर्दैछ। रुसले सिरिया र पूर्वी युक्रेनमा तैनाथ गरेको वायु सुरक्षा प्रणालीको कारण पश्चिमले असद र युक्रेन विरोधी विरुद्ध आक्रमण अगाडी बढाउन सकेको छैन।

युरोपमा अमेरिकी सेनाको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल बेन होडगेस रुसलाई आधुनिक इलेक्ट्रोनिक युद्धमा पछाडी नै सोचिने गरेको बताउँदै भन्छन्, ‘सिरिया र युक्रेनमा रुसको आधुनिक इलेक्ट्रोनिक युद्ध शैली ‘आखा रसाउने’ खालको छ।’ युरोप र अफ्रिकामा अमेरिकी वायु सेनालाइ नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल फ्र्याङ्क गोर्नेकले रुसले लुथिनिया र पोल्याण्डको बीचमा पर्ने क्रिमियाको लिनइनग्र्याडमा एन्टी- एयरक्राफ्ट तैनाथ गरेको खुलाउँदै यसले नेटोका विमान सो क्षेत्र र पोल्याण्डमा समेत सुरक्षित तवरले प्रवेश गर्न नसकेको बताउँछन्।

नेटोका सदस्य राष्ट्रलाई मात्र यो कुरालाई पिरोलेको छैन। इरायल पनि उत्तरी सिरियाको सीमामा रुसले तैनाथ गरेका ती अत्याधुनिक सुरक्षा प्रणालीका कारण तनावमा छ। यहुदी राष्ट्रको लागि खतरा बढेकाले इजरायल आफ्ना छिमेकी मुलुक माथीको प्रभुत्व खोसिदै गरेको हेर्न बाध्य छ। यहि सैन्य शक्तिनै रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिनको रणनीतिक विजयको आधार स्तम्भ बनेको छ। उनको सिरिया माथीको हस्तक्षेप ‘गेम चेन्जर’ सावित हुँदैछ। त्यहाँ अब के हुन्छ, पुरै पुटिनको हातमा छ।

इजरायलका विशेषज्ञ सो क्षेत्रमा कसैले पनि केही गर्न चाहे रुसको सहयोग विना असम्भव रहेको बताउँछन्पहिलो पटक, यस्ता हतियार बनेका छन्, उच्च क्वालिटिका, र यी हतियार प्रभावकारी ढंगले सञ्चालन गर्ने दक्ष जनशक्ति पनि रुससंग छ, पश्चिमले देखेको रुसको यो क्षमता पुटिनको खुसीको कारण बनेको छ।

सिरियामा रुसले दैनिक ९६ सम्म सैन्य आक्रमण सञ्चालन गर्दै आएको छ, जुन अमेरिकी नेतृत्वको गठबन्धनले महिना दिनमा गरेको थियो। लिविया र कोसोभोमा बमबारी गरिरहेको नेटोको लागि निकै दबाब सिर्जना भएको पश्चिमी सैन्य योजनाकारलाई थाहा पाउन समय लागेन।

सुन्नी राष्ट्रले आइएस विरुद्ध मुस्किलले कुनै मिसन सञ्चालन गरेका छन्। अरब राष्ट्रले आइएस विरुद्ध नभइ इरानको सहयोगमा हाउथी विद्रोही विरुद्ध यमनमा आक्रमण गरिरहेको छ। यता टर्की पनि आइएसलाई छोडी कुर्द विरुद्ध आक्रमण गरिरहेको छ। यिनै कारणले नेटोमा चपेटामा परेको हो।

पश्चिमी सुरक्षा अधिकारी रुसले आइएस बाहेक अन्य विद्रोही माथी पनि आक्रमण गरेको दाबी गर्दै आएका छन्। सर्वसाधरण र विद्रोही ख्यालै नगरि सटीक निशाना लगाउन नसक्ने हतियार प्रणाली प्रयोग गरेको पश्चिमी सुरक्षा अधिकारीले रुसमाथी आरोप लगाउँदै आएका छन्।

तर रुसले आइएसआइएस लाई मात्र निशाना बनाउने भनि नभनेको बताउँदै आएको छ। ‘सबै आतंकवादी’ माथी निशाना लगाइने रुसले घोषणा गरेको थियो। यसले पुटिन र राष्ट्रपति बसर अल-असदलाई सहज बनाएको जानकार बताउँछन्। चेचेन युद्धको अनुभवले पश्चिम भन्दा रुसको तयारी निकै अगाडी भएको रुसको पछिल्ला गतिविधिले देखाउँछ। यो पनि सत्य हो की सिरिया मिसनको पहिलो चरणमा रुससंग पर्याप्त गाइडेड मिसाइल थिएन। रुसले यो मुद्धामा केवल सटिक निशाना लगाउनसक्ने हतियारको प्रयोगमात्र प्रमुख नहुने दाबी गर्दै आएको छ।

An-S-400-Triumf-antiaircraft-missile-system

एस-४०० एन्टी एयरक्राफ्ट सुरक्षा प्रणाली

पुराना विमान को सट्टामा रुसले नेटोले ‘फुलब्याक’ कोडनेम दिएको अत्याधुनिक एसयु-३४ फाइटर विमान तैनाथ गरेको छ। यसरी फाइटर विमान बदल्नुमा एक कारण, एसयु-२५ विमान, जुन चेचेन र जर्जिया युद्धमा शक्तिशाली सावित भएको थियो, म्यानप्याड (जमिनबाट फायर गरिने) विरुद्ध कमजोर सावित हुनाले हो। यी म्यानप्याड टर्की र साउदीले सुन्नी विद्रोहीलाइ उपलब्ध गराएको रुसले आशंका गर्दै आएको छ।

टर्किले युद्धक विमान खसालेपछि रुसले अत्याधुनिक वायु सुरक्षा प्रणाली तैनाथ गर्न तत्परता देखाएको थियो। यो एस-४०० सुरक्षा प्रणाली ‘गलत हात’मा पर्नेमा इजरायली चिन्ता बढेको छ। यो प्रणालीमा भएको राडारले निरन्तर आकाशमा निगरानी राख्न सक्छ, साथै २५० माइलटाढा सम्मका निशाना खसाल्न मिसाइल प्रहार गर्न सक्दछ। यस्तै एक प्रणाली लताकिया स्थित रुसी बेसमा तैनाथ गरिएको छ जसले इजरायलको आधा वायुक्षेत्र ओगटेको छ।

सिरिया र युक्रेनमा रसियाले तैनाथ गरेको इलेक्ट्रोनिक युद्ध उपकरण, जस्तै क्रसुख-४, ले लामो दुरीको वायु निगरानी गर्ने राडार र स्याटेलाइट राडार प्रणालीलाई अवरुद्ध गर्नसक्दछ, जुन नेटोको लागि अर्को चुनौती बनेको छ। अमेरिकी सेना साइवर कमान्डका उपप्रमुख रोनाल्ड पोन्टिअस भन्छन्, ‘हामी यो बाहेकको अर्को निष्कर्षमा पुग्न सकेका छैनौँ कि जसरी खतरा बढीरहेको छ हामीले सो अनुसार प्रगति गर्न सकेका छेनौँ’

रसियाले कुनै पनि अन्तराष्ट्रिय सम्झौता नतोडी तैनाथ गरेको अत्याधुनिक हतियार र सुरक्षा प्रणलीले नेटोको कार्य क्षमतामाथी नै चिन्ता बढाएको जानकार बताउँछन्। सिरियामा रसियाले क्रुज मिसाइल, बमर प्रयोग गरेर क्षेत्रीय मात्र होइन विश्वव्यापी घटनालाई नै प्रभाव पार्न खोजिएको बताइने गरेको छ। योसंगै रुससंग नयाँ ढङ्गले जोरी खोज्ने कि, आफ्नो प्रविधि परिस्कृत गर्ने पश्चिमको अगाडी प्रश्न खडा भएको बताइन्छ।नेपाली हेडलाइन बाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia