कैलाली । कैलालीमा आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।सोमबार राति लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरुनीलाई घरमै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले बताएको छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी लगनीदेवीको उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई मंगलबार बिहान जंगलबाट पक्राउ गरेको हो । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ ।श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia