अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ ।अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा विकासको काममा सहयोग गर्नु नै आफ्नो पहिलो काम भएको उहाँले बताउनुभयो ।सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको पनि उहाँले बताउनुभयो । उहाँले साथै कार्यालयहरुलाई सूचना प्रवाह गर्ने र सूचनाको हकको विषयमा थप ध्यानाकर्षण गराएर सूचना लिन सहज वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा लागू भएको टाइम कार्डलाई थप प्रभावकारी तरिकाले लैजाने समेत उहाँले बताउनुभयो । अर्याल यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारमा उपसचिव पदमा कार्यरत हुनुहन्थ्यो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia