धनकुटा नगरपालिका वडा नं. १४ बेलाहारामा बम विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । वारि खन्ने क्रममा भेटिएको पहेँलो डल्लो वस्तु खोल्ने क्रममा विस्फोट भएको थियो । सो विस्फोटबाट स्थानीय ६० वर्षीय जंगबीर मगर गम्भीर घाइते भएका हुन ।

उनको दुवै हातको कुहिनामुनिको भाग चुँडीएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिए ।साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia