म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासी नेपालीको सहयोगमा अत्याधुनिक प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । प्रवासी नेपालीको तीन करोड भन्दाबढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको हो ।स्थानीयवासीको सक्रियता र प्रवासी नेपालीहरूको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो ।३ करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण भएको सोही विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले ३ करोड रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो।

पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन २०७२ सालको महाभूकम्पका कारण कामै नलाग्ने भएकाे थियाे ।जसका कारण विदेशमा गएका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए । साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो ।विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीवासीहरुबाट मनग्गे सहयोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयाे । दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाहरुले सुविधा सम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने भएकाे उहाँकाे भनाइ छ ।विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि ईट्टा बनाएर भवन निर्माण गरेको हो । अहिले रंगरोगन गरेपछि आधुनिक शैलीको सोही विद्यालय भवन चिटिक्क परेकाे देखिएको छ । गाउँमै अत्याधुनिक प्रविधिसहितका सुविधा सम्पन्न विद्यालय भवन बनेपछि यहाँ विद्यार्थीहरुको संख्या पनि बढेको छ ।उनीहरुको पढाइप्रति पनि रूची बढेको पाइएको अध्यक्ष पुनले बताउनुभयो । इमेज खबरकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia