डडेल्धुरा । ३ महिनापछि हिउँदे वर्षात भएपछि डडेल्धुराका कृषकहरू हर्षित भएका छन् ।आकाशको पानीको भरमा जीविकोपार्जन गर्ने कृषकहरुलाई गहुँ र आलु लगायत हिउँदे बालीलाई लामो समयपछि परेको हिउँदे झरीले ठूलो राहत भएको हो ।

गत आश्विनमा परेको २ दशमलब ६ मिलिमिटर र कार्तिक ४ गते परेको शून्य दशमलब ९ मिलिमिटर वर्षा भएकाे थियाे । त्यसपछि ३ महिनासम्म पानी नपर्दा किसानहरुले लगाएको गहुँ, दालहन बाली तथा बेमौसमी ताजा तरकारी लगायतका बाली सुकेर जाँदा चिन्तित भएका कृषक वर्षा र हिमपात भएपछि उत्साहित भएका छन् । सोमबार साँझदेखि परिवर्तन भएको मौसमसँगै मंगलबार बिहानैदेखि हल्का झरीसँगै ४ घण्टाको अवधिमा ५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

वर्षासँगै चिसो बढे पनि डडेल्धुरा लगायत सुदूरपश्चिमका तराईका २ वटा जिल्लासहित ७ पहाडी जिल्लामा एकनासको लगातार झरी र वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च पहाडी भेगहरुमा हिमपात पर्न थालकाे छ । डडेल्धुरा-बैतडीको सीमाना अनारखोली तथा बैतडीको खोडपे, सतबाझ, गर्जे, बाँजपानी ढोल्यामोड, श्रीभावर र बझाङको बित्थड लगायतका क्षेत्रहरुमा मंगलबार बिहानदेखि हिउँ पर्न थालेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia