काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् ।तरकारी खेतीले महिलाहरूको दैनिकी बदलिदै गएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने महिलाको दैनिकी बनेको छ ।

काउली, बन्दा उत्पादन गरेर यहाँका महिलाहरुले दिनहुँजसो बजारमा पु¥याउने गरेका छन् । बन्दा प्रतिकिलो ३० रूपैयाँ र काउली प्रतिकिलो ६० रुूपैयाँमा बिक्री भइरहेको छ ।दैनिकजसो भएको तरकारी बिक्रीले महिलाहरुलाई घरखर्च चलाउन सजिलो भएको छ । घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने महिलाहरु व्यवसायिक रूपमै तरकारी खेतीमा संलग्न हुन थालेका छन् । यहाँका महिलाहरु आफैं कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । यहाँका समूहमा आबद्ध प्रत्येक महिलाहरुले तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएका छन् ।सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ ।कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता कार्यक्रममा जोड दिएकाले आयआर्जनमा महिलाहरु आकर्षित भएका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia