राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ५ मोहनपुरमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको २–०१–००२ प ३९९३ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक महिलाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुकुरलई बचाउने क्रममा दुर्घटनामा परेर हो । मृत्यु हुनेमा जिल्लाको बोदेबसाईन नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीया अंजना देवी यादव रहेको छ ।गम्भीर घाइते भएका उनको उपचारका लागि रुपनी गाउँपालिका वडा नम्वर ५ रायपुरस्थित युनिक अस्पताल ल्याउने क्रममा मृत्युु भएको जिल्ल प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जनाएको छ ।मोटरसाइकल चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia