राजविराज। भारतबाट नेपाल ल्याउँदै गरेको अबैध चाँदीको गहना सहित एकजना पक्राउ गरेका छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा नम्वर ८ बस्ने ४० वर्षीय चन्द्र बहादुर विश्वकर्मा रहेको सशस्त्र प्रहरीले जानकारी दिए । उनलाई सप्तरीको बोदेबसाईन नगरपालिका वडा नम्वर ५ विओपि स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरीक्षक जयराम मण्डलको नेतृत्व खटिएको टोलिले पक्राउ गरिएको हो ।

मे.११प. ४४४४ नम्वरको कालो रङ्गको पल्सर मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा २ लाख ८८ हजार ४ सय ४८ रुपैयाँ बराबरको चाँदीको तयारी गहना सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए । बरामद भएका गहना, मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय बेल्ही पठाइएको सशस्त्र प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia