- दिलिप कुमार साह

राजविराज ।प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव सोमबार सप्तरीको विष्णुपुर गाउँपालिकाको कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको छ ।

गाउँ कार्यपालिकाको कार्यालयद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई स्वागत तथा सम्मान गर्दै हाजिरी गराएको हो । गाउँपालिकाको अध्यक्ष उमेश प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई कार्यालयमा खादा, टिकाले स्वागत गरेका छन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष यादव सहित नवनिर्वाचित जनप्रतिनिधिहरु तथा गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अधिकृत यादव विगत ४-५ वर्षदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा कार्यरत रहेका थिए । अधिकृत यादव यस अघि सप्तरीको छिन्नमस्ता गाउँपालिका, तिरहुत गाउँपालिका र राजगढ गाउँपालिकामा रहि प्रशासन सम्हालि सकेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia