दिलिप कुमार साह

१० भदौ राजविराज ।सशस्त्र प्रहरी तिलाठीले सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१४ डलवा स्थित कोशि पलारबाट लाखौंको अबैद्य विजुलीको सर-समानहरु बरामद गरेको छ ।

करिब १ लाख ३७ हजार बराबरको अबैद्य विजुलको सर-समान बरामद गरेको सशस्त्र प्रहरी बिओपि तिलाठिबाट खटिएको टोलीले जानकारी  दिएका छन् ।

बिओपि तिलाठिका सशस्त्र प्रहरी निरिक्षक कृष्ण कुमार भण्डारीको नेतृत्वमा खटिएको टोलिले भारतबाट अबैद्य रुपमा भन्सार छलि डुङ्गामा विजुलीको सर-समान नेपालतर्फ ल्याउदै गरेको बरामद गरेको छ ।

अबैद्य समानहरु ८ कार्टुन स्विच बक्स , ३ सय ४० पिस स्विच र  ४ सय ९०  पिस पावर सकेट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्वर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरुले विजुलीको सर-समान ढुंगामा छाडी भारतर्फ भागेको र तस्करहरुको खोजी तीव्र रुपमा सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको अबैद्य विजुलकीको सर-समान आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीद्वारा बरामद गरिएको विजुलीको सर-समानहरु

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia