- दिलिप कुमार साह

राजविराज । नेपाल सरकारले आउदो मंसिर ४ गते प्रेदश र प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय सप्तरी तयारीमा जुटेको छ। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक सम्बन्धी सरोकारवालासँग बुधबार छलफल गरेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले कार्यालयले निर्वाचन आयोगको निर्देशन अनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक गरिएको बताउनुभयो ।

कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन भदौ १२ गतेसम्म सम्बन्धित वडा कार्यालय र प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा त्रुटि सच्चाउन सकिने, नाममा दावी विरोध गर्न सकिने लगायतका कामको शुरु गर्ने जोशीले जानकारी दिनुभयो । उहाले भन्नुभयो– सप्तरी जिल्लामा ४ लाख १२ हजार ४ सय ४५ जना मतदाता रहेको छ । जिल्लामा २ सय ९७ वटा मतदान स्थल रहेको छ भने ५ सय ३६ वटा मतदान केन्द्र रहेको प्रमुख जोशीले बताउनुभयो । त्यस्तै मतदाता नामावली थपघट गर्ने, जिल्लामा अद्यावधिक गरिएको डाटा आयोगमा पठाउने कार्य भदौ १९ गते सम्म सकिने प्रमुख जोशीले बताउनुभयो । त्यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम निर्वाचनको तयारी सप्तरींको सवै स्थानीय तहमा प्रभावकारी रुपमा गर्ने बताए । सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरेसंगै जिल्लामा नामावली अध्यावधीक गर्ने कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia