राजविराज । टेम्पुको ठक्करबाट घाईते भएका एक जनाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ गोरगामा बस्ने ५५ वर्षीय राम बिलाश राय रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विष्णुपुर गाउँपालिका वडा नम्वर ६ रंजितपुर स्थित राजविराज–तिलाडी सडकखण्डमा रोकी राखेको साइकल यात्रीलाई प्र्रदेश २–०१–००१ह०९८१ नम्वरको टेम्पुले ठक्कर दिदाँ उनी घाइते भएका थिए । घाईते रायलाई राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia