राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा भन्सार छली ल्याइएको अबैद्य कपडा नियन्त्रण गर्न खोज्दा मंगलबार स्थानीयबासी र प्रहरी बीच झडप भएको छ ।घुरन साहको घरमा अबैध रुपमा कपडा लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी टोली र भन्सार कार्यालय राजविराज तिलाठीको प्रतिनिधिले साहको घर खानतलासी गर्न खोज्दा स्थानियबासीहरुले प्रहरी माथी ढुङगामुडा प्रहार गर्दा झडप भएको सप्तरी प्रहरीले जानकारी दिनुभयो ।

झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफलेका अनुसार स्थानीय घुरन साहको घरमा भारतबाट ल्याइएको अबैद्य कपडा प्रहरीले नियन्त्रण गर्न खोज्दा स्थानीयबासीहरुको एक समूहले प्रहरी विरुद्ध आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताउनुभो ।झडपमा प्रहरी सहायक हवल्दार शिवशंकर साह, प्रहरी जवान अनिल कुमार बस्नेत र प्रहरी जवान विशाल कुमार मिश्रा घाइते भएको प्रहरी प्रवक्ता काफलेले जानकारी दिनुभयो ।घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घुरन साहको घरबाट अबैध रुपमा बरामद भएको लत्ताकपडाहरु बरामद गरी कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागी भंसार कार्यालय पठाउने कार्य भईरहेको प्रवक्ता काफलेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia