- दिलिप कुमार साह

राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर ६ स्थित बस्तपुरमा हायस दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ, भने १३ जना यात्रु घाइते भएका छन् ।
सोमबार पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको  बा ५ ख २३२० नम्वरको हायसको टायर अचानक पडकीदाँ दुर्घटना भएको सप्तरी प्रहरीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा झापा जिल्लाको कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी ५२ वर्षीय अमृका ओलिको मृत्यु भएको छ भने हायस चालक झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने अन्दानजी ४३ बर्षीय दुर्गा बहादुर मगर, मोरङ्ग जिल्ला गछिया नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय सबिना राई, रौतहटको २४वर्षीय मनोज जैसवाल, भारतको दिल्ली बस्ने ४६ वर्षीय ईमराम अहमद, सह चालक मोरङ जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय हिमाल प्रसाद, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ९ बस्ने ४८ वर्षीय बिनोद प्रसाद शर्मा, मोरङ जिल्लाको उर्लाबारी नगरपालिका बस्ने ४२ वर्षीय तारा बिक, झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय अशोक माझी, संखुवासभा जिल्लाको तयैनपुर नगरपालिका वडा नम्बर १० बस्ने ३३ वर्षीय गोबिन्द भण्डारी, निज अमृकाकी छोरी अन्दाजी २९ वर्षीया  बिछा ओलि, झापा जिल्ला बस्ने अन्दाजी २४ वर्षीय अन्जना अधिकारी, अन्जनाको बहिनि अन्दाजी २० वर्षीय सिर्जना अधिकारी र झापा जिल्ला कन्काई नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय सुस्मिता संग्रौला रहेको प्रहरीले जानकारी दिनुभयो ।घाइतेहरुको स्थानीय धरमपुर स्थित धर्मेश्वर अस्पतालमा उपचार भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको सप्तरी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia